चितवन विशेष
उद्योग वाणिज्य संघ चितवनको कार्यक्रम नेता सिंह व्यवसायीलाई नआत्तिन आग्रह गरे
०

चितवन, फागुन १९-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको आर्थिक नीतिमा केही कमजोरी भएपनि व्यवसायीहरूलाई नआत्तिन आग्रह गरेका छन्।
सरकारको आर्थिक नीतिमा कमजोर हुँदा आर्थिक क्षेत्रमा समस्या देखिएको भन्दै उनले उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी नआत्तिन आग्रह गरेका हुन् ।
कार्यक्रममा उद्योगी व्यवसायीले काम गर्ने अवस्था नभएकाभन्दै चिन्ता व्यक्त गर्दा जवाफमा नेता सिंहले अहिल्यै आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्।