चितवन विशेष

दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्ट सिफारिस नगर्न चिकित्सकलाई चेतावनी

Banner

चितवन, फागुन १८-

औषधि व्यवस्था विभागमा दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्टहरु किन्न विरामीलाई सिफारिस नगर्न भरतपुर अस्पतालले चिकित्सकहरुलाई चेतावनी दिएको छ ।

चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् ।

अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी)को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ ।सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>