चितवन विशेष

भरतपुर भ्रमण बर्षको उद्घाटनमा रास्वपा सभापति लामिछाने पनि आउने

Banner

चितवन, फागुन १७-

चितवनको भरतपुर महानगरपालिले गर्न लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि आउने भएका छन् । रास्वपा चितवनका अनुसार लामिछाने शुक्रबार दिउसो आउने छन्  । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत हुन् ।

भ्रमण बर्ष उद्घाटन समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल चितवन आइसकेका छन । यस्तै भोलि काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलि, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र बाबुराम भट्टराई समेत आउने कार्यक्रम तय भएको छ । भ्रमणबर्ष २०२४ को नारायणी नदी किनारमा भव्य कार्यक्रमका बिच शुक्रबार उद्घाटन गरिदैछ । उद्घाटन कार्यक्रममा ५० हजारभन्दा बढीको सभागिता रहने जनाइएको छ । भरतपुरको आर्थिक चलायमान बृद्धि गर्नको लागि महानगरपालिकाले भ्रमण बर्ष २०२४ को आयोजना गरेको हो । यसअघि तोकिएको मिति दुई पटकसम्म भ्रमण बर्षको मिति सारिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>