चितवन विशेष

भ्रमण वर्षको र्‍यालीमा विद्यार्थी–शिक्षकलाई सहभागी गराउन सबै विद्यालयलाई आह्वान

Banner

चितवन, फागुन १७-

भोलि उद्घाटन हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को र्‍यालीमा विद्यार्थी र शिक्षकलाई सहभागी गराउन भरतपुर महानगरपालिकाले सबै विद्यालयलाई आह्वान गरेको छ ।

महानगरले ९ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थी र माध्यमिक तहका शिक्षकलाई र्‍यालीमा सहभागी गराउन सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।

वडास्तरको र्‍यालीमा विद्यालयको व्यानरसहित उपस्थित भएर कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्न महानगरले आह्वान गरेको हो ।

‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम राखिएको छ ।

भोलि बिहान ११ बजेदेखि विविध झाँकीसहितको र्‍याली सुरु हुने छ । दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>