राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज प्रचण्डले जवाफ दिने

Banner

काठमाडौं, फागुन १६-

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ।

बैठकमा पार्टीले सञ्चालन गर्न लागेको तराई–मधेश र उत्तर–दक्षिण अभियानको तालिका तयार पार्ने सचिव गणेश साहले बताए। बैठकमा स्थायी समितिका सदस्यहरूले उठाएका विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्।

अध्यक्षको जवाफपछि बैठक आजै सकिने सचिव साहले बतए। बैठकको पहिलो दिन हिजो गठबन्धन सहयात्री दल कांग्रेसको महासमिति बैठकमा प्रस्तुत भएको प्रतिवेदनमा माओवदिप्रतिको दृष्टिकोणका बारेमा सदस्यहरूले आपत्ति जनाएका थिए।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर माओवादी स्थायी कमिटी सदस्यहरूले आलोचना गरेका हुन्। उनीहरुले राष्ट्रियसभा सदस्य चुनावमा कांग्रेसले धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिनुपर्ने माग पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>