अपराध

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार

Banner

जनकपुरधाम, फागुन १५-

धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।

जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।

गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट बालकको उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

स्थानीयले जकपुरधाम उपमहानगरपालिका-२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलले बालक अपहरण गरेर लगेको प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा उनीसँगै बालक फेला परेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>