चितवन विशेष

राप्तीमा तत्काल कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न एमालेको माग

Banner

चितवन, फागुन १५-

राप्ती नगरपालिकामा कानुनी व्यवस्था अनुसार कुनै पनि कार्यपालिका बैठक र नगरसभा आह्वान नहुँदा सिंगो नगरपालिका बन्दक बनेको नेकपा एमाले राप्ती नगरकमिटीले बताएको छ । एमाले राप्तीले एक विज्ञप्ति जारी गरी तत्काल कार्यपालिका बैठक र नगरसभा आह्वान गर्न पनि माग गरेको छ ।

एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले राप्ती नगरपालिकाको नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दीको विषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पार्टीलाई अवगत गराएको एमाले राप्तीका इन्चार्ज भीमबहादुर पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिले यसअघि फागुन ३ गते सात दिने अल्टिमेटम दिएर कार्यपालिका बैठक र नगर सभा आह्वान गर्न माग गरेका थिए । हरेक महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने कानुनी व्यवस्था समेत छ ।

‘जनप्रतिनिधिहरुका लिखित अनुरोधलाई बेवास्ता गर्दै कानुनी व्यवस्था अनुरुप कुनै पनि कार्यपालिकाको बैठक र नगरसभाको आहवान नभएको हुदा सिङ्गो नगरपालिका बन्दक बनेको छ भने जनताका अनेकौं माग र मुद्दाहरुको सुनुवाई र आम जनतामा स्थानीय सरकार भएको प्रत्याभूति हुन सकेको छैन । त्यसैले जनप्रतिनिधिहरुको मागको सुनुवाई गर्दै कानुनी प्रावधान अनुसार तत्काल कार्यपालिका बैठक र नगरसभाको आहवान गर्न नेकपा (एमाले), राप्ती सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>