राजनीति
दुधको भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, फागुन १४-
प्रधानमन्त्री पुष्पकमल दाहालले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन निर्देशन दिएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री प्रकाशशरण महत, कृषिमन्त्री बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिने व्यवस्था गर्न निर्देशन दिए ।
सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ुकिसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो रु यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्,ु प्रधानमन्त्री दाहालको निर्देशन थियो ।

























