चितवन विशेष

चितवन बारले स्वर्ण महोत्सव मनाउने

Banner

चितवन, फागुन ११-
चितवन जिल्ला अदालत बार एशोसिएशनले ५० औँ बर्ष प्रवेशका अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । वि.सं २०३० चैत्र २० गते स्थापना भएको बारले एक महिनाभन्दा बढी विविध कार्यक्रमको आयोजना गरी मनाउने स्वर्ण महोत्सव आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

स्वर्ण महोत्सवको सुरुवात बारले पहिलो दिन शुक्रबार पुष्पबाटिकाको स्थापना र दिपावली गरेको छ । चैत्र २० गतेसम्म हुने कार्यक्रम अन्तरगत कानुन, न्याय, रक्तदान तथा खेलकुद जस्ता विविध कार्यक्रम समाबेश छन् । दोस्रो कार्यक्रम अन्तरगत फागुन १८ गते चितवन जिल्लाका सात वटा पालिकामा कानुनी सचेतना, १९ गते न्यायिक प्रकृयामा बारको भूमिका र कानुन व्यवसायीको आचारसंहिता विषयक गोष्ठीको आयोजना गरिएको छ ।

बारको भवनमा हुने गोष्ठीमा नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख अतिथिका रुपमा आउने कार्यक्रम रहेको चितवन बारका अध्यक्ष खगराज कंडेलले जानकारी दिए । फागुन २४ गते जिल्ला अदालत परिसरमा अदालत र बार बीच मैत्रीपूर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादन प्रकृयामा अनुसन्धानकर्ता, अभियोजन, अर्धन्यायिक निकाय निकुञ्ज, वन, मालपोत, सञ्चारकर्मी बिच प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका विषयक अन्तरक्रियात्मक गोष्ठी हुनेछ । सो गोष्ठीमा महान्यायाधिवक्ता आउने कार्यक्रम रहेको छ ।

यस्तै चैत्र ९ गते देवघाट स्थित राम जानकी बालिका आश्रम र भरतपुर स्थित मानव सेवा आश्रममा भोजन व्यवस्थापन, चैत्र १७ गते रक्तदान, १९ गते बार परिसरमा दिपावली र चैत्र २० गते स्वर्ण महोत्सवको समापन गरिने छ । चितवन बारमा १९५ जना कानुन व्यवसायी आवद्ध रहेका छन् । त्यसमध्ये ६ जना वरिष्ठ अधिवक्ता रहेका छन् । यहाँ २२ जना महिला कानुन व्यवसायी रहेका छन् । चितवन बारमा आवद्ध भएका कानुन व्यवसायी मध्ये वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल राष्टिय सभा सदस्य, वरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेल संविधान सभा र प्रतिनिधिसभा सदस्य र शिवकुमारी गोतामे प्रतिनिधिसभा सदस्य भइसकेका छन् । अधिवक्ता नन्दलाल महतो उच्च अदालतको न्याधीश समेत बन्न सफल भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>