चितवन विशेष

स्कुल अफ हेल्थ साइन्सका कार्मचारीले चियापान कार्यक्रम गरेर मनाए स्थापना दिवस

Banner

चितवन, फागुन ११-
कर्मचारी संगठन इकाई समिति स्कुल अफ हेल्थ साईन्स भरतपुर चितवनले चिया पानको आयोजना गरेर स्थापन दिवस मनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३६ औं स्थापना दिवसको अवसर पारी आज (शुक्रबार) स्कुल परिसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षालय प्रमुख डा रजनी शाहले परिषद् कर्मचारी संघसंगठनका पदाधिकारीहरु एवम् सबै कर्मचारीहरुले आफ्नो कार्य विवरण अनुसार कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले परिषद्को निति अवलम्बन गर्न सके आम जनसमुदायमा प्राविधिक शिक्षाको चेतना फैलाउन सकिने बताउनुभयो ।

कार्यक्रमका विशिस्ट अतिथी कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष निरज भट्टले प्राविधिक शिक्षा राष्ट्र विकासको मेरुदण्ड रहेको बताउनुभयो उहाँले शिक्षाको विकास, विस्तार गर्ने जिम्मेवारी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रहेकोले परिषद् र यस सम्बद्ध कर्मचारीहरुको बद्धि विकास नै राष्ट्रको आवश्यकता रहेको औल्याउँनु भयो । साथै परिषद् व्यवस्थापन समक्ष कर्मचारी संगठनले विभिन्न मागहरुको सम्बन्धमा सहमति भएकोले सहमति इमानदारीपूर्वक कार्यान्वयन भएमा कर्मचारीहरुको वृत्ती विकास एवम् प्राविधिक शिक्षा सम्बन्धि ऐन तत्काल जारी गर्नमा सघाउ पुग्ने बताउनुभयो ।

शिक्षालय उप प्रमुखद्वय प्रमेश ढकाल , दीपक चौधरी, कर्मचारी संगठनका केन्द्रिय सदस्यहरु मनोज यादव , सरोज गिरी , रेणु कुमारी साह , राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय सदस्य त्रिचन्द्र खराल , कर्मचारी संघ इकाई अध्यक्ष राजन प्रसाद सेढाई , राष्ट्रिय कर्मचारी संगठन इकाई सचिव प्रतिमा श्रेष्ठ , कर्मचारी संघका पूर्व केन्द्रिय उपाध्यक्ष छवि दवाडी लगायतले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

इकाई उपाध्यक्ष डा लक्ष्मण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सचिव सुनिल कुमार बछारले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । यस्तै इकाई सह सचिव रुपा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

२०४५ साल फागुन १२ गते स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले भोलि फागुन १२ गते आफ्नो स्थापनाको ३६औं वार्षिकोत्सब विविध कार्यक्रम गरी केन्द्रिय कार्यालय सानो ठिमी भक्तपुरमा मनाउदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>