चितवन विशेष
भरतपुरमा महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने व्यक्ति पक्राउ
०

चितवन, फागुन ११-
भरतपुर महानगरपालिका–२२ बोटे टोलकी एक महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
बिहीवार राति ११ बजेको समयमा बोटे टोल बस्ने ४९ वर्षीय आशामती महतोलाई कुटपिट गरेको आरोपमा सोहि ठाउँ बस्ने ३९ वर्षीय ईश्वरकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादमा ईश्वरकुमार महतोले आशामतीलाई बाँसको लाठिले टाउकोमा हान्दा टाउको फुटि घाइते भई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार कुटपिट गर्ने ईश्वरलाई पक्राउ गरि अनुसन्धान थालिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























