कालिका

कालिका नगरपालिकामा आँखा शिविरबाट छ सय जना लाभान्वित

Banner

कालिका,फागुन १०-

चितवनको कालिका नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । आई फोर क्याम्प चितवन, सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर चितवन, भरतपुर आँखा अस्पताल चितवन र नेपाल नेत्रज्योति संघको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

चितवनका विभिन्न ६ ठाउँहरुमा आयोजना हुने ६ दिने निःशुल्क आँखा परीक्षण शिविरको पहिलो दिन बिहीबार कालिका नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । शिविरमा ६ सय जनाले निःशुल्क आँखा परीक्षणको सेवा लिएका छन् । आँखा परीक्षण गराएकामध्ये तीन सय ५६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने ४ सय जनालाई निःशुल्क औषधि वितरण गरीएको छ ।

त्यस्तै ३८ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि बिहीबार भरतपुर आँखा अस्पताल लगि शल्यक्रियाको प्रकृया मिलाइएको सपोर्ट एन केयरका संयोजक प्रकाश साहले जानकारी दिनुभयो । शिविरमा सबै उमेर समूहका मानिसहरुको आँखा जाँच गरिएको थियो । कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख विमला लामा, कालिका ४ का निवर्तमान वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, कालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>