राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो: सामुदायिक संघसंस्थामा पार्टीबाट उम्मेदवार बनाउने नीति छैन

Banner

काठमाडौं, फागुन ९-

राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघ–संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति नरहेको स्पष्ट पारेको छ ।

विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता÷व्यवस्थापन समितिमा भागबण्डाको आधारमा नेतृत्व छनोट गर्ने परम्पराको विपक्षमा रास्वपा रहेको विज्ञप्ति मार्फत् जनाएको छ ।
‘सामुदायिक संस्था स्थापना\सञ्चालनको उद्देश्य गैरराजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता छ,’ महामन्त्री मुकुल ढकालले निकालेको विज्ञप्तिमा भनिएको छ ।

समर्थक व्यक्तिगत रूपमा सामुदायिक संघ संस्थामा आवद्ध हुन सक्ने भएपनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्न नपाउने रास्वपाले जनाएको छ । रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न\नगराउन पार्टीले कार्यकर्तालाई अनुरोध गरेको छ । पार्टीको नीति विपरीतको क्रियाकलापमा सहभागी भए कारबाही गरिने चेतावनी रास्वपाले दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>