राजनीति

कांग्रेसका नेताले आज ‘हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान’ घोषणा गर्ने

Banner

काठमाडौं, फागुन ५-

नेपाली कांग्रेसका केही नेताले शनिबार सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन्। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो।

अभियानका सहसंयोजक एवं प्रवक्ता लोकेश ढकालका अनुसार आज दिउँसो साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा समेत शुक्रबार केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेश गरेका छन् । हिन्दु राष्ट्रको पक्षमा धेरै सदस्य भएको तर बोल्न डराएको भन्दै प्रवक्ता ढकालले आगामी दिनमा अभियानमा जोडिनेहरू बढ्दै जाने दाबी गरे।

शनिबारको भेलामा हिन्दुराष्ट्रको आवश्यकता प्रष्ट्याउँदै घोषणापत्र जारी गर्ने ढकालले बताए। यसअघि शुक्रबार बसेको महाअभियान समन्वय समितिको बैठकले केन्द्रीय सदस्य भीम पराजुली र मुक्ताकुमारी यादवलाई महासचिव मनोनयन गरेको छ।

बैठकले कांग्रेस नेता एवं पूर्वसांसद हर्षजित लामा र पूर्वसचिव विश्वप्रकाश पण्डितलाई सल्लाहकार मनोनीत गरेको प्रवक्ता ढकालले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>