प्रवास

दिल्लीमा ममता बनर्जीसहित विपक्षी नेताहरू धमाधम पक्राउ

०
Banner

नयाँदिल्ली , असोज २४ –

भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसहित तृणमूल कांग्रेस (टीएमसी)का सांसदहरूलाई हिरासतमा लिएको छ ।

दिल्ली प्रहरीले विभिन्न स्थानबाट विपक्षी नेता तथा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा जाँच र आवागमनमा कडाइ गरेको छ ।

राहुल गान्धीप्रति भाजपाको आलोचना

प्रदर्शनकै बिच भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता तथा सांसद सम्बित पात्राले कांग्रेस नेता एवं लोकसभा प्रतिपक्षी दलका नेता राहुल गान्धीको कडा आलोचना गरेका छन् ।

पात्राले राहुललाई ‘नालायक नेता’ भन्दै राष्ट्रपति द्रौपदी मुर्मूलाई सडकमा भइरहेको राजनीतिक सङ्घर्षमा तान्न खोजेको आरोप लगाए ।

उनले राहुलसँग निर्वाचनमा मत चोरी भएको आरोप पुष्टि गर्ने प्रमाण नभएको पनि बताए । राष्ट्रपतिसँगको भेटका क्रममा राहुलले त्यस्ता प्रमाण किन प्रस्तुत नगरेको भन्ने प्रश्न गर्दै पात्राले राहुल उच्च पदका लागि योग्य नभएको टिप्पणी गरे ।

दिल्लीमा सुरक्षा कडा, प्रदर्शनकारी नियन्त्रणमा

जंतरमन्तरमा प्रदर्शनको घोषणापछि दिल्ली प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । शंकर रोडको गोलचक्कर क्षेत्रमा प्रहरी र अर्धसैनिक बलका जवानहरूले अवरोधक राखेर स्थिति नियन्त्रण गर्न खोजिरहेका छन् भने शिवाजी पार्क मेट्रो स्टेसनबाहिर प्रदर्शन गर्न पुगेका केही व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कनट प्लेस क्षेत्रमा हिरासतमा लिइएका केही प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यसैबिच,अन्य विपक्षी दलका नेताहरू पनि हिरासतमा परेको विवरण सार्वजनिक भएको छ । दिल्लीमा प्रदर्शनका क्रममा हिरासतमा लिइएका सबै व्यक्ति, उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कारण र हिरासतको अवधिबारे विस्तृत विवरण आइनसकेको जनाइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>