राजनीति
निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्ः महासचिव पोखरेल
०

काठमाडौं, असोज २४ –
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले प्रशासनलाई कानुनअनुसार चल्न नदिई आदेशपालकका रूपमा सीमित गर्न खोजेको आरोप लगाउनुभएको हो ।
निजामती प्रशासन स्थायी सरकारका रूपमा रहने भएकाले कानूनअनुसार सञ्चालन हुनुपर्ने उहाँले बताउनु भयो । तर सरकारले प्रशासनलाई मन्त्रीहरूको निर्देशन पालना गर्ने निकायका रूपमा मात्रै चलाउन खोजेको आरोप लगाउनु भयो । यसले राज्यको शासकीय क्षमता कमजोर बनाउने उहाँको दाबी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























