चितवन विशेष

मेट्स चितवनको ‘एड्मिसन डे’ सम्पन्न

Banner

चितवन, फागुन ५–

नारायणगढकाे  शहीदचोकस्थित मेट्स इन्टरनेशल एजुकेशन एण्ड भिसा सर्भिसेजले  उच्च शिक्षाका लागि अष्ट्रेलिया, युके, आयरल्याण्ड जान चाहने बिद्यार्थीहरुका लागि ‘एडमिसन डे’ कार्यक्रमको आयोजना गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि बिशेष गरि आयरल्याण्ड जान चाहने बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा बिभिन्न युनिभर्सिटी, कलेजको कार्यक्रम, छात्रवृत्ति, कलेजको वार्षिक शुल्कको बारेमा जानकारी गराइएको थियो।

मेट्स इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलका अनुसार पछिल्लो समयमा युके, अष्ट्रेलिया, क्यानडासंगै आयरल्याण्ड, न्युजिल्याण्ड, युएसएमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुको संख्या वृद्धि भएको बताए । सो कार्यकममा सहभागी बिद्यार्थीहरुका लागि आईएलटिएस तथा पिटिई कक्षाको लागि ५० प्रतिशत सम्मको छुट प्रदान गरिएको थियो भने प्रोसेसिङ्ग शुल्क शतप्रतिशत छुटको ब्यबस्था गरिएको थियो।

गत श्रावण १२ गते बाट अत्याधुनिक पिटिई ल्याबमा बिद्यार्थीहरुलाई अध्यापन गराउदै आइरहेको मेट्सले बिगत १५ वर्ष देखि नारायणगढ चितवनमा रहेका बिद्यार्थी, अभिभावकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। दक्ष काउन्सिलर तथा पिटिई आइएलटिएस प्रशिक्षकहरुद्वारा प्रशिक्षण गर्दै आइरहेको मेट्सको चितवनमा अर्को शाखा पर्सा बजारमा समेत रहेको छ।

पुतलिसडक, काठमाडौं मुख्य कार्यालय रहेको मेट्सको शाखा कार्यालयहरु चितवन लगायत बुटवल, पोखरा, कपिलबस्तुमा समेत सन्चालित छ। साथै भारत, अष्ट्रेलिया, लाओस, फिजि, फिलिपिन्स लगायतका मुलुकहरुमा सन्चालन हुदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>