पत्रपत्रिका

कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिने !

Banner

सुर्खेत, फागुन ५-

कर्णालीमा सत्तारुढ दलहरूबीच खटपट सुरु भएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ ।

साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन् । साथै उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन् । शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ ।

कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो । कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

यसअघि शाहीले मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहलाई आफ्नै निवासमा बोलाई सरकारको कामकारबाही सही ढङ्गले अघि नबढेको र कार्यशैली नसुध्रिए सोच्न बाध्य हुने चेतावनी समेत दिएका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>