Uncategorized

स्व.दिलिप राणा स्मृति भेट्रान फुटबलको तयारी अन्तिम चरणमा

Banner

चितवन, फागुन ०३-
स्व.दिलिप राणा स्मृति पाँचौँ अन्तराष्ट्रिय आमन्त्रण भेट्रान फुटबल कप २०८०को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन ७ गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

कृष्णपुरको मैदानमा हुन लागेको प्रतियोगितामा खेलाडिलाई बसोबासको व्यवस्थादेखि खेलमैदान निर्माण लगायतको तयारी भइसकेको आयोजकले जानकारी दिएको छ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी राष्ट्रभारत सहित १८ टिमको सहभागिता रहने छ ।

उमेर पुगेका पूर्व राष्ट्रिय खेलाडीहरुलाई जमघट गराई युवामा फुटबलव प्रतिको सकारात्मक धारणा उत्पेरित गर्नको लागि प्रतियोगितको आयोजना गरिएको संयोजक हरिप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितमा भारतको देरादुन, एन आरटि.एफि.सी, भनी मण्डल क्लब, थापागाउँ सुधार समिति, बगर भाई खलक, विरगञ्ज सिटि, हेटौँडा भेट्रान क्बल, बौद्ध भेट्रान क्लब, बुढानिलकण्ठ भेट्रान क्लब, फ्रिडम फाईटर, अभिषेक चर्च रजहरले सहभागिता जनाउने छन् । त्यसैगरी सिमरा भेट्रान क्लब, चाबेल भेट्रान क्लब, ठमेल ११, गोर्खा ब्वाईज बुटवल, चितवन भेट्रान रातो, निलो, ताकामी भेट्रान काठमाण्डौँले प्रतियोगितमा भाग लिनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने भट्टले बताए ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच–पाँच हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न १३ लाख खर्च हुने अनुमान छ । क्लबले हरेक वर्ष स्व राणाको स्मृतिमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>