क्रिकेट

ललितले लिए नामिबियाका दुवै ओपनरको विकेट

Banner

काठमाडौं, फागुन ३-

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता दिलाएका ललित राजवंशीले नै दोस्रो सफलता दिलाएका हुन् ।

उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । ललितले १४औं ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा अनिल साहको हातबाट गराएका हुन् ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>