क्रिकेट

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा

Banner

काठमाडौं, फागुन २-

नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिएलएस विधिमार्फत कुवेतले दिएको ७४ रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>