क्रिकेट

महिला क्रिकेटः कुवेतले नेपाललाई दियो ७४ रनको चुनौती

Banner

काठमाडौँ, फागुन २-

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा कुवेतले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको हो ।

कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३/१३ रन जोडे ।

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई/दुई विकेट लिए ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेका हुन् । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

नेपालले हङ्कङ र भुटानलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो । कुवेतले समूह चरणको खेलमा म्यानमार र सिङ्गापुरलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>