खेलकुद
कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक
०

काठमाडौं, फागुन २-
एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्। सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन्।
उनले ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई २९ रनमा एलबिडब्लूको धरापमा परिन्। अर्को बलमा मेयर ओमारनलाई शून्यमा विकेटकिपर कजलबाट स्टमपिन गराइन्।
ओभरको चौथो बलमा कुवेतकि कप्तान अम्ना शरिफ तारिकलाई पनि शून्यमा एलबिडब्लूको धरापमा परेपछि उनीले ह्याट्रिक पूरा गरिन्।
उनले ह्याट्रिक पूरा गर्दा कुवेतले ५ विकेटको क्षतिमा ५४ रन जोडेको थियो।
आजको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा जापान वा मेलेसिया मध्ये एक टिमसँग खेल्नेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























