क्रिकेट
एसिसी महिला प्रिमियर लिग क्रिकेटः नेपालले पहिला फिल्डिङ गर्ने
०
काठमाडौँ, फागुन २-
मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
मलेसियाको क्वालालाम्पुरमा भरखरै भएको टसमा कुवेतकी कप्तान अम्ना तारिकले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै नेपालले पहिला फिल्डिङ गर्नेछ । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।
नेपालले हङ्कङ र भुटानलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो । कुवेतले म्यानमार र सिङ्गापुरलाईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>