समाचार

क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाल टिममा समेटिए

०
Banner

काठमाडौं, फागुन २-

आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन् ।

यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र देव दुवै क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लगत्तै उनीहरू लिग–२को लागि टिममा परेका हुन् । यससँगै अर्जुन साउद र रिजन ढकाल भने टिमबाट बाहिरिएका छन् ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रिकेट मैदानमा बिहिवारदेखि सुरु हुनेछ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच यस सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>