समाचार
घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो
०

काठमाडौं, फागुन २-
चालु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ । विभागका अनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखित पास भएका छन् । गोरखापत्रमा खबर छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























