चितवन विशेष
७८ प्रहरी उपरीक्षकको सरुवा, चितवनमा भावेष रिमाल आउँदै
०

चितवन, फागुन २-
प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई लागुऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँमा सरुवा गरिएको छ ।
चितवन प्रहरी प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखामा कार्यरत भावेष रिमाललाई पठाइएको छ। रिमाल यसअघि ईलाका प्रहरी कार्यालय रत्ननगरमा डिएसपीको रूपमा समेत काम गरि सकेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























