पत्रपत्रिका

खगेन्द्र नवजीवन केन्द्रको बेथितिः एम्बुलेन्स किन्ने बजेटबाट पदाधिकारीलाई गाडी

Banner

काठमाडौँ, फागुन २-

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन् । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ ।

चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उनले नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहेका छन् । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहेका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस व्यहोर्नु परेको छ ।

दुई वर्षसम्म केन्द्रले गाडीको व्यवस्था गर्थ्यो । अहिले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आउजाउ गर्न माइक्रोबस प्रयोग गर्नु पर्छ । उनले भने, “पहिले कार्यालयकै गाडीमा लाने गरेको थियो । अहिले अध्यक्षले माइक्रोबसमा जानु, गाडी छैन भन्नुहुन्छ । दुई वटा गाडी फेरेर जान साह्रै समस्या हुन्छ ।”

माझी मात्रै होइन, नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिले उपचारका लागि निकै सकस र तनाव झेलिरहनुपरेको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको अपाङ्ग सहायता कोषका लागि आएको रकम पदाधिकारीलाई महँगो गाडी किन्न खर्च गरिएपछि केन्द्रमा आश्रित नागरिकका लागि एम्बुलेन्स छैन । बा १६ च ६३४ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी सङ्घका अध्यक्ष र महासचिवले प्रयोग गर्दै आएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>