पत्रपत्रिका

आज ललिता निवास जग्गा प्रकरणको फैसला हुँदै

Banner

काठमाडौं, फागुन २-

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ एक महिनामा सकिएको छ । ‘हाई प्रोफाइल’ व्यक्ति जोडिएको सो प्रकरणमा २ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।

१ सय १२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्नता रहँदै भ्रष्टाचार गरेको मुद्दा न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा एक महिना लगाएर निरन्तर सुनुवाइ भएको हो ।

सरकारी पक्षबाट बहस गरेका सरकारी वकिलहरूले सबै प्रतिवादीलाई दोषी ठहर गर्नुपर्ने तर्क गरेका थिए । सो मुद्दामा १ सय ७५ जना प्रतिवादी बनाइएको थियो । २१ दिनदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको फैसला आज ९बुधबार० सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

विशेष अदालतले माग गरेको फाइल प्राप्त नहुँदा लामो समयदेखि यो विवाद विशेष अदालतमा अड्केको थियो । नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिखित जवाफ पेस गरेपछि यो मुद्दा पेसीमा चढेको थियो ।

अख्तियारले ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको भन्दै २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ३ पूर्वमन्त्री र ३ पूर्वसचिवसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>