समाचार

६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

०
Banner

पोखरा, फागुन ०१-
पोखराबाट स्रोत नखुलेको रकम र सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल मेदिनिपुर घर भई पोखरा २ मोहोरिया टोल बस्ने सुरजित भौमिकले सञ्चालन गरेको जय भैरव ज्वेलर्समा अवैध रुपमा राखिएको सुन र चाँदीका सामान र नगद बरामद गरिएको हो ।

उनले अवैध काम गरेको गोप्य सूचना पाएपछि प्रहरीले विशेष अपरेसन गरेको थियो । उनले ३ तले घर भाडामा लिएर विभिन्न किसिमका गरगहना बनाइ वितरण गरेका थिए । उनले कोठामा लुकाई राखेको स्रोत खुलाउन नसक्ने गरगहना ६ किलो र नगद ६२ लाख ८१ हजार नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>