समाचार

जिउँदो पतिलाई मरेको भनी भत्ता खाने महिलालाई ३ वर्ष कैद

०
Banner

काठमाडौ,फागुन १-

पति जीवितै हुँदाहुँदै मृत्यु भएको भनी एकल भत्ता खाने महिला र कागजपत्र बनाइदिने वडा सचिव र महिलालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ। मंगलबार विशेष अदालत काठमाडौँले झुटा विवरण पेश गरी गलत लिखत गराइदिने वडा सचिव र एकल महिलाको सामाजिक सुरक्षा भत्ता खाने महिलालाई भ्रष्टाचार गरेको ठहर गरेको हो।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ मा तत्कालीन वडा सचिव शिवकुमार महत्तोले जीवित श्रीमान् मरेको भन्दै निर्मला खत्रीलाई एकल महिलाको परिचय पत्र बनाइदिएका थिए। वडा सचिव र महिलाको मिलेमतोमा कागजात तयार पारिएको थियो। निर्कलाका पतिले पनि जिवितै हुँदै आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको ठहर भएको हो।

विशेष अदालत काठमाडौँका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले जिउँदो व्यक्तिलाई मरेको भन्ने झुटा विवरण पेश गर्ने र तयार गर्ने दुवैलाई भ्रष्टाचार मुद्दा ठहराएको हो।

श्रीमानको मृत्यु भएको भनी निर्मलाले वडा सचिवलाई सूचना दिएकी थिइन । सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानबिन नगरी, कानून बमोजिम पेश हुनुपर्ने कागजातहरू समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र वडा सचिवले बनाइदिएका थिए। मृत्युको सूचना फारम विवरण भरी प्रविष्ट गरी गराई जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखत तयार गरी गराई मृत्यु दर्ता अभिलेख तयार गरिएको थियो। त्यसपछि सामाजिक सुरक्षा भत्ता परिचय पत्र बनाई बनाइएको थियो।

अख्तियारले सरकारलाई हानि नोक्सानी गरी गराई निजहरू शिवकुमार महतो र निर्मला खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले दुवैलाई ४५ हजार २२० रुपैयाँ बिगो, कैद सजाय, जरिवाना मागदाबी गरेको थियो।

अख्तियारले निर्मलालाई मुख्य कसुरदार र शिवकुमारलाई कसुरजन्य कार्यमा मतियार भई काम गरेको अख्तियारले २०८० मंसिर ८ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>