समाचार

कर्मचारी निलम्बनबारे बालेनमाथि कार्यपालिका सदस्यले उठाए प्रश्न

०
Banner

काठमाडौं, फागुन ०१-
काठमाडौं महानगरपालिकाको मंगलबारको कार्यपालिका बैठकमा पार्किङ र कर्मचारी निलम्बनबारे विवाद भएको छ ।

महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको हो ।

कर्मचारी निलम्बनको विषयमा कार्यपालिका सदस्यहरुले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो रु सिधै मेयरले कारबाही गर्न मिल्छ रु भन्दै प्रश्न गरेका थिए । कार्यपालिका सदस्यहरुले प्रश्न गरेपछि मेयर बालेनले कानुन अनुसार हुने भन्दै महानगरका कानुन विभाग प्रमुख वसन्त आचार्यलाई सो विषयमा प्रष्ट पार्न भनेका थिए । कार्यपालिका बैठकको विषय सूचीभन्दा अगाडि नै वडाध्यक्षहरुले न्यूरोडको पार्किङ हटाउने निणर्यबारे पनि प्रश्न गरेका थिए ।

पार्किङ हटाउने विषयमा प्रश्न उठेपछि मेयर बालेनले नगर सभाले नै कालोपत्रे क्षेत्रमा सवारी पार्किङ गर्न नदिने निणर्य गरेकोले सोही अनुसार गरिएको बताएका थिए ।

मेयरको जवाफपछि कार्यपालिका सदस्यहरुले यस अगाडि पार्किङ गर्न दिइनु र अहिले नदिनुपर्ने कारण माग गरेका थिए । अगाडि भएको सम्झौता सकिएकोले थप सम्झौता नगरेर हटाइएको मेयर साहको भनाइ थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>