समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ
०

काठमाडौं, फागुन १-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्। सोमबार काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ की १९ वर्षीया सुस्मिता गोले र ३४ वर्षीया माइला स्याङ्बो पनि पक्राउ परेका हुन् ।
विमानस्थलको प्रस्थानमा ब्यागेज चेकिङको क्रममा सुस्मिताको झोलाबाट विभिन्न दरको एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम फेला परेको थियो।
लुकाएर बाह्य मुलुकमा लैजान लागेको अनुमानमा प्रहरीले सुस्मितालाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गर्दा माइला स्याङ्बोले दिएको भन्ने खुलेपछि विमानस्थल गेटबाट माइलालाई पनि पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धानका लागि मंगलबार राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























