अन्तर्राष्ट्रिय

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

Banner

अबुजा, फागुन १-

नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ । संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो ।

त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ। त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,ू इग्वेहले बताउँनु भएको छ।

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ । प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ। संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>