अन्तर्राष्ट्रिय

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

Banner

काठमाडौं, फागुन १-

न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४ः३० बजे गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको हो ।

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>