समाचार
विराटनगरमा शंकास्पद वस्तु फेला, २ जना पक्राउ
०

विराटनगर, फागुन १-
विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका-३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा छ ।
शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नै शंकास्पद वस्तु राखेको खुलेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।
पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























