खेलकुद

एसीसी महिला प्रिमियर कपमा आज नेपाल र माल्दिभ्स भिड्दै

०
Banner

काठमाडौं, फागुन १-

एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ।

यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८÷८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन्। यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>