चितवन विशेष

गणेशबहादुर स्मृति फुटबलमा पटिहानी र ठोरी विजयी

Banner

चितवन माघ २९ –
पटिहानी एफसी र ठोरी एफसीले युनिक क्लबको आयोजनामा जारी छैटौं गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलमा विजयी सुरुवात गरेका छन् ।

आज (सोमबार) भएको पहिलो खेलमा पटिहानीले गैंडाकोट एफसीलाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा पटिहानी ४ ३ ले विजयी भयो । पटिहानीको जितमा ऋतेष सुनार, विशाल तामाङ, प्रकाश महतो र अजय महतोले गोल गरे । अजय म्यान अफ दि म्याच भए ।

आजको दोस्रो खेलमा ठोरी एफसी विजयी भयो । ठोरीले युनिक ब्वाइजलाई टाइब्रेकरमा ५ ३ ले हरायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । ठोरीका गोलरक्षक अनिश कुँँवर म्यान अफ दि म्याच भए ।

प्रतियोगितामा मंगलबार एक खेल हुनेछ । मंगलबार दिउँसो ३ बजे कैलाश एफसी र रामपुर एफसी भिड्नेछन् । फागुन ७ गतेस्म्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक घलेले बताए ।

प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३(३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>