समाचार
स्याङजामा कलाकार दर्गेश थापामाथि जुत्ता प्रहार
०

काठमाण्डौँ, माघ २८-
गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राती गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो ।
आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ, सुरक्षाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालय, स्याङजा र इलाका प्रशासन कार्यालय वालिङको फितलो कमजोर सुरक्षा व्यवस्थापनका कारणले घटना घटेको पाइएको छ ।
गायक दुर्गेश थापाले घटनाबारे दुःख व्यक्त गर्दै घटनालाई सामान्य रुपमा हेरिदिन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङजाका निमित्त प्रवक्ता इन्सपेक्टर पवल सिं लामाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























