समाचार
भ्रष्टाचारमा संलग्न सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल
०

काठमाडौं, माघ २८-
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न सुझाव दिएका हुन् ।
उनले भ्रष्टाचारमा संलग्न सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउनु पर्ने बताएका छन् । ‘आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचार उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् । बरु ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिन्छु,’ राष्ट्रपति पौडेलले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























