खेलकुद
यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै
०

काठमाडौं, माघ २८-
आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्।
खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ। पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ।
पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो।
जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























