समाचार

एउटा कानुन पनि नबनाई बित्यो सुदूरपश्चिम प्रदेशको एक वर्ष

०
Banner

काठमाण्डौँ, माघ २७-
शनिबार आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गरेर एक वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरे। तर उनले सार्वजनिक गरेको कार्य प्रगतिको विवरणको लामो सूचिमा विकासको ठोस काम भएको भने देखिँदैन। जनतामा आशा सञ्चार गर्ने कुनै काम देखिँदैन।

मुख्यमन्त्री शाहले पर्याप्त साधन श्रोत र संघले अधिकार प्रत्यायोजन नगरेका कारण जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको स्विकारेका छन्। तर एक वर्षमा तुलनात्मक रुपमा सन्तोषजनक काम भएको उनको भनाई थियो।

राजनैतिक तथा प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट एक वर्षको अवधि सुखद रहेको उनले बताए। उनले सार्वजनिक गरेको ५० पृष्ट लामो प्रगति विवरण लेखिएको पुस्तकमा संघ सरकारसँग सहकार्य, भ्रमण, अवलोकन, बैठक, किसानलाई अनुदान, स्थानीय तहलाई वित्तीय हस्तान्तरण, भूकम्प पीडितलाई राहत, खेलाडीलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध जस्ता स साना काम र गतिविधिलाई नै उपलब्धि मानेर उल्लेख गरिएको छ।

सुदूरपश्चिमको आर्थिक विकास र स्मृद्धीका लागी सम्भावना रहेका पर्यटन, जलश्रोत, जडीबुटी, कृषि लगायतका क्षेत्रमा कुनै ठोस काम भएको छैन भने सरकारले आफै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख योजनाहरू पनि कार्यान्वयनका लागी कामको सुरुवात हुन सकेको छैन।

प्रदेश सरकारले एक वर्षको अवधिमा बजेट र नीति तथा कार्यक्रम बाहेक कानुन बनाउन एउटा विधेयक पनि प्रदेश सभामा पेश गर्न सकेको छैन। यो अवधिमा एउटा पनि नयाँ कानुन बनेको छैन।

प्रदेश सभामा संशोधन विधेयक मात्र पेश भएका छन्। मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा ५ वटा संशोधन विधेयक प्रदेश सभामा पेश भएको प्रगति विवरणमा उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>