क्रिकेट

क्यानडाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो, अर्धशतक बनाउँदै आउट भए अनिल शाह

Banner

काठमाडौं, माघ २७-

नेपाललाई आक्रामक सुरुआत दिलाएका ओपनर अनिल शाहले १९ बलमा अर्धशतक बनाएका छन् । २८६ रनको लक्ष्य पच्छ्याएको नेपालले सातौ ओभरको खेल जारी रहँदा ६४ रन जोडेको छ ।

शाहले ३ छक्का र तीन चौका प्रहार गरे । एकदिवसीयमा नेपालका लागि दोस्रो छिटो अर्धशतक हो । कुशल मल्लले १८ बलमा हानेका थिए ।

योसँगै नेपाललाई दोस्रो झट्का लागेको छ । पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख १५ बलमा १० रन बनाउँदै आउट भएका थिए । नेपालले ६ ओभर ४ बलमा २ विकेट गुमाएर ६४ रन बनाएर खेलिरहेको छ । क्रिजमा कप्तान रोहित पौडेल र देव खनाल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>