चितवन विशेष

गरिबलाई परिचयपत्र वितरणको काम भइरहेको छ : मन्त्री श्रेष्ठ

Banner

चितवन, माघ २७-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो “गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ ।

भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उहाँले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>