Uncategorized

३० दिनमा बैंकहरुले लगानी ८६ अर्ब

Banner

काठमाण्डौँ, माघ २६-
पछिल्लो महिना बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । केन्द्रीय बैंकको रिपोर्ट अनुसार पुस महिनामा बैंकहरुले अधिकतम ८६ अर्ब कर्जा लगानी गरेका हुन् ।

२०८० मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६० खर्ब १९ अर्ब निक्षेप संकलन गर्दै जम्मा ४९ खर्ब ९८ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी गरेका थिए । तर, पछिल्लो महिना ९३० दिनमा० बैंकहरुले कर्जा लगानी ८६ अर्बले बढाएर ५० खर्ब ८४ अर्ब लगानी गरेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको हो ।

तथापि, समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन भने १२ अर्ब रुपैयाँले मात्र बढ्दै ६१ खर्ब ३१ अर्ब पुगेको छ । योसँगै बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को तुलनामा ११३ दशमलव ९३ प्रतिशत पुगेको छ भने कर्जा विस्तारको आकार ९४।४७ प्रतिशत हाराहारी पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार हाल मुलुकको जीडीपी (उपभोक्ता मूल्यका आधारमा) ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>