क्रिकेट

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश

Banner

काठमाडौं, माघ २५-
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानमाथि १ विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १८० रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ दशमलव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा राफ म्याकमिलनले २९ बलमा २ चौकासहित १९ र कलुम विडलरले ३ रन बनाए ।

ओपनर ह्यारी दिक्षन ७५ बलमा ५ चौकासहित ५० रनमा आउट भए । ओलिभर पिक ७५ बलमा ३ चौकासहित ४९ रनमा आउट भए । टम क्याम्पबेल २५ रनमा आउट भए । पाकिस्तानका अलि राजाले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिए । अरफत मिन्साहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८।५ ओभरमा १७९ रनमा अल आउट भयो । पाकिस्तानका अरफत मिन्हासले ६१ बलमा ९ चौकासहित सर्वाधिक ५२ रन बनाए । आजन आवैस ९१ बलमा ३ चौकासहित ५२ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाको जितमा टम स्टे«करले ९।५ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए ।

अष्ट्रेलियाले उपाधिको लागि आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>