चितवन विशेष

चितवनमा लागुऔषध सहित एक जना पक्राऊ

Banner

चितवन, माघ २५-
चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुरका २६ बर्षिय सोनु महतो पक्राऊ परेका हुन् ।

उनको साथबाट प्रतिवन्धित आगूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ चार दमलव ८७ ग्राम र एक सय ७२ ग्राम गाँजा र निटरभेन्ट २४ ट्यावलेट बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ । महत्तोलाई विशेष सूचनाका आधारमा चितवनबाट खटिएको टोलिले बुधबार साँझ पक्राऊ गरेको हो । उनका साथमा रहेको पाँच हजार तीन सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । सोनु महतो माथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>