चितवन विशेष
सकियो भरतपुरमा सञ्चालित दुई महिने स्वरोजगारमूलक कपाल काट्ने तालिम

चितवन, माघ २५-
भरतपुर महानगरद्वारा सञ्चालित दुई महिने कपाल काट्ने तालिम सकिएको छ ।
मंसिर २० गतेबाट माघ २५ गतेसम्म सञ्चालित भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन शाखाले गरेको तालिम आज सकिएको हो ।
आज भएको तालिमको समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई महानगरपालिका आर्थिका विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेल, सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख रोजी केसी र कार्यक्रम संयोजक सुकदेव ढकालले संयुक्तरुपमा तालिम पूरा गरेको प्रमाणपत्र प्रदान गरेका छन् । महाशाखा प्रमुख पौडेलले सिप सिकेका युवाहरुलाई महानगरले नियमित अनुगमन गर्दै नेपालमा स्वरोजगार बन्न चाहेमा सहयोग गर्ने बताए ।
२९ जना सहभागी तालिमलाई सीजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सिग्देलले युवा लक्षित यस्ता कार्यक्रमले युवालाई स्वरोजगार बनाउन मद्दत पुग्ने र वैदेशिक रोजगारमा जाने बाध्यता नि केही हद सम्म रोकिन्छ कि भन्ने आशा राखेका छन् । उनले भने, ‘ वैदेशिक रोजगार मै गए पनि सीप भए कसैले दुःख नपाउने आशा लिएको छु ।’

























