क्रिकेट

दीपेन्द्रसिंह  ऐरीले युएईको आइएलटी-२० मा गल्फ जायन्टबाट खेल्ने

Banner
काठमाडौं, माघ २५-
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी-० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन्।  उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो। ‍ युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ। ‍

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>