कालिका
खाना अड्किएर बेहोश हुँदा चितवन एक जनाको मत्यु
०

चितवन,माघ २३-
चितवनको कालिका नगरपालिकामा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्। सोमबार साँझ सवा सात बजे कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।